जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीमा एकको मृत्यु, ३ प्रहरी घाइते
आइतबार, ०९ मङ्सिर २०८१, १३ : ३९
जोर्डन । जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीको घटनामा एक जनाको मृत्यु भएको छ ।
सुरक्षा स्रोत र सरकारी सञ्चार माध्यमले बताएको भन्दै साउथ चाइना मर्निङ पोस्टले आइतबार समाचार छापेको छ । गस्ती गरिरहेका एक जना प्रहरीमाथि गोली चलाउने व्यक्तिलाई प्रहरी टोलीले पछि हाली हानेर मारेको छ । यस्तै आक्रमणकारीको गोली लागेर ३ जना सुरक्षाकर्मी घाइते भएको समाचारमा उल्लेख छ।
यो घटनालाई जोर्डन सरकारका सञ्चार मन्त्री मोहमद मोमानीले देशको सार्वजनिक सुरक्षा बलमाथि निशाना बनाएर गरिएको आतङ्कवादी आक्रमण भनेका छन् । घटनामाथि छानबिन भइरहेको उनले बताएका छन् ।
गोलीको आवाज सुन्ने बित्तिकै जोर्डन प्रहरीले दूतावास नजिकको क्षेत्रमा प्रहरीको सङ्ख्यामा भारी वृद्धि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण