उद्योग सञ्चालनको उपयुक्त वातावरण बनाउन जरुरी छः मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालमा उद्योग सञ्चालनको उपयुक्त वातावरण नरहेको टिप्पणी गरेका छन् । उद्यमीले लगानीका लागि योजना तयार गर्दा नै राज्य तथा समुदाय स्तरबाटै समस्या हुन गरेको उनले बताए ।
१० औँ उद्योग दिवसको अवसरमा हेटौँडामा आयोजित नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले लगानीकर्ताहरूलाई नागरिक र सरकारबाटै विभिन्न कारण देखाउँदै आक्रान्त बनाइरहेको बताए । उद्योग सञ्चालनको लागि नागरिक स्तरबाटै सहयोग गरी उपयुक्त वातावरण तयार गरिनु पर्ने उनको भनाइ छ ।
बागमती प्रदेश सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहनका लागि उपयुक्त नीति तयार गरिने उनले बताए । असमान नीतिहरूलाई परिमार्जन गरेर प्रदेशमा उद्योगमैत्री वातावरण तयार पार्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए । उद्योग क्षेत्रको विकासका लागि तीन तहको सरकारको समन्वय अपरिहार्य रहेको उनले बताए ।
‘सरकारले उद्योग क्षेत्रलाई प्रोत्साहन प्राथमिकतामा राखेको छ । दायित्वका रूपमा सरकारले उद्योग क्षेत्रको विकासलाई अघि बढाएको छ । उद्योग क्षेत्र युवा पलायन रोक्न र रोजगारी सृजनाको प्रमुख आधार हो,’ मुख्यमन्त्री लामाले भने ।
विदेशी प्रविधि र उत्पादनसँग प्रतिस्पर्धा गर्नु नेपाली उद्योगको प्रमुख चुनौतीको रूपमा रहेको मुख्यमन्त्री लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा
-
तीन वायुको प्रभाव: आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति ?
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा