चार कारणले थपियो रवि लामिछानेसहितलाई १५ दिन म्याद
_E9cFdUhBzu.jpg)
काठमाडौँ । सङ्गठित रूपमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरण गरेको अभियोगसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित चार जनालाई चार कारणका आधारमा थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाइलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आइतबार अनुमति दिएको हो ।
अदालतले कास्की प्रहरीको मागअनुसार पक्राउ परेका केही प्रतिवादीहरूको हकमा बयान कार्य बाँकी रहेको, बयान गरेका प्रतिवादीको हकमा थप प्रमाण खुली आएको तथ्यमा पूरक बयान बाँकी रहेको, हस्ताक्षर परीक्षण गर्न पठाएकोमा प्रतिवेदन प्राप्त हुन बाँकी रहेको र प्रतिवादीहरूको कारोबार रहेको घरजग्गा खरिद बिक्रीको लिखत प्रमाण प्राप्त हुन बाँकी रहेकाले म्याद थपिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
-
सात गोलको थ्रिलरमा हार्यो युनाइटेड
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए