पञ्जाबले कीर्तिमानी मूल्य २६ करोड ७५ लाखमा किन्यो श्रेयष ऐयरलाई, बटलर गुजरातमा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा श्रेयष ऐयर कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । आइतबार जारी मेगा अक्सनमा श्रेयष ऐयरलाई पञ्जाब किङ्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो ।
श्रेयष ऐयरका लागि पञ्जाब किङ्सले २६ करोड ७५ लाख भारतीय रुपैयाँ खर्चियो । योसँगै श्रेयष ऐयर आईपीएलको इतिहासमै सबैभन्दा बढी रकममा बिक्री हुने खेलाडी पनि बनेका छन् । अक्सनमा उनको न्युनतम मूल्य दुई करोड भारतीय रुपैयाँ रहेको थियो ।
श्रेयष ऐयरकै कप्तानीमा कोलकाता नाइट राइडर्सले अघिल्लो सिजनको आईपीएलको उपाधि चुमेको थियो । तर, यो सिजन कोलकाताले उनलाई रिलिज गरेको थियो । मेगा अक्सनमा कोलकातासँगै अन्य क्लबले पनि उनमाथि बोली लगाएको थियो ।
यसैगरी, इङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बट्लरले आगामी सिजनको आईपीएल गुजरात टाइटन्सबाट खेल्ने भएका छन् । उनलाई मेगा अक्सनमा गुजरात टाइटन्सले १५ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण