नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
आइतबार, ०९ मङ्सिर २०८१, १९ : २३
काठमाडौँ । नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने भएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै निगमका प्रवक्ता रमेश पौडेलले भनेका छन्, ‘नेपाल वायुसेवा निगमको मिति: २०८१/८/६ को प्रेस विज्ञप्तिको सन्दर्भमा थप प्रष्ट पार्दै राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको इकोनोमी क्लासको माथिल्लो भाडादरमा सर्वसाधारणलाई अन्तर्राष्ट्रिय टिकट नबेची सो भन्दा तलको भाडादरमा मात्र बिक्री गर्ने निर्णय भएको ब्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।’
निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएमा कारबाही गर्नका लागि सप्रमाण जानकारी गराउन अनुरोध पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण