चार महिनामा १० अर्बको खाद्यान्न आयात
आइतबार, ०९ मङ्सिर २०८१, १९ : २६
काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन, भदौ, असोज र कार्तिक गरी चार महिनामा १० अर्ब ९४ करोड ३६ लाख १३ हजार रुपैयाँको खाद्यान्न वस्तु आयात भएको हो ।
यस्तै सो चार महिनामा १ करोड १० लाख रुपैयाँको मात्रै खाद्य वस्तु निर्यात गरिएको छ । चालु आर्थिक वर्षको चार महिनामा १० अर्ब ९३ करोड रुपैयाँ बराबरको नेपालले खाद्यान्नमा व्यापार घाटा व्यहोरेको छ ।
यस्तै, सो कारोबारबाट सरकारले ९८ करोड ६६ लाख ४१ हजार राजस्व संकलन गरेको विभागको तथ्यांकमा उल्लेख छ । यी खाद्यान्न चीन, भारत, ब्राजिल, थाइल्याण्ड लगायत मुलुकबाट आयात हुन्छ । यहाँबाट, चामल, गहुँ, मकै लगायत विभिन्न खाद्य वस्तु आयात हुने विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण