आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
फिक्कल । १७ औँ संस्करणको आत्मानन्द गोल्डकप आजदेखि सुरु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिकास्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई ‘टाइब्रेकर’मा ४–३ गोल अन्तरमा रोक्दै मोरङको सिरिजङ्घा स्पोर्टिङ क्लब विजयी भएको छ ।
निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलमा विजेता सिरिजङ्घाका गोलरक्षक प्रमिस गच्छादार ‘म्यान अफ दी म्याच’ घोषित हुँदै नगद रु पाँच हजार प्राप्त गरे ।
सोमबार आयोजक आत्मा–पवित्र खेलकुद विकास समिति र झापाको भाङबारी स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिकी सचिव सरिता राईले जानकारी दिइन् । गोल्डकमा नेपालको इलाम, झापा, पाँचथर र मोरङ तथा भारतको एक गरी आठ टोलीको सहभागिता छ । विजेताले नगद रु तीन लाख ११ हजार एक सय ७१ र उपविजेताले नगद रु दुई लाख पाँच हजार एक सय ७१ प्राप्त गर्नेछन् ।
स्थानीय किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ९१ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकपको फाइनल मङ्सिर १७ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण