त्रिवि सेवा आयोगद्वारा २०७३ सालमा लिएका विभिन्न पदको लिखित परीक्षाको नतिजा रद्द
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७३ सालमा विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा रद्द गरेको छ । २०७३ साल फागुन १८ गते प्रकाशित विज्ञापन नम्बर १८/०७३/०७४ अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदहरूको लिखित परीक्षाको नतिजा रद्द गरेको हो ।
आयोगले त्यो बेला विभिन्न १६ पदका लागि विज्ञापन आह्वान गर्दै लिखित परीक्षा गरेको थियो । तर, त्यसमा अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेको थियो । त्यसपछि विशेष अदालतले परीक्षाको परिणाम फेरबदल गर्ने गराउने काम गरी भ्रष्टाचारजन्य कसुर गरेको ठहर गरेको थियो । त्यसपछि आयोगले ती पदको लिखित परीक्षाको नतिजा रद्द गरेको थियो ।
१८ वटामध्ये वटा पदहरू शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक, कार्यालय सहायक, पुस्तकालय सहायक पदहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरेको ठहर गरेको थियो ।
ती बाहेक उपप्रशासक, उपआर्थिक नियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियरिङ), प्राविधिक अधिकृत (कम्प्युटर), प्राविधिक सहायक (कम्प्युटर) र ड्राइभरको हकमा कोडिङ, डिकोडिङ, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन लगायतका कार्यहरू सेवा आयोगको आन्तरिक कार्यविधि, २०६७ को पूर्ण पालना गरेको नपाइएको थियो ।
विशेष अदालतको २०७९ असोज ४ को फैसलापछि आयोगको २०८१ मङ्सिर ७ गते बसेको बैठकले विज्ञापन बाहेक अन्य सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । सेवा आयोगको कार्यालयका प्रमुख केदारनाथ ढकालले आवेदन स्वीकृत भई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरूको पुनः लिखित परीक्षा गरिने बताए ।
त्यसका लागि मंसिर १६ गतेदेखि पुस २१ गतेभित्र व्यक्तिगत विवरण तथा सोसँग सम्बन्धित प्रमाणित कागजातहरू पेस गर्न भनेको हो । लिखित परीक्षा दिएका उम्मेदवारहरूको कापी खोज्ने काम भइरहेको उनको भनाइ छ । नयाँ विज्ञापन नखोली त्यही बेला आवेदन दिएकाहरूको हकमा मात्रै पुनः परीक्षा गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौसम हालचाल : कुनै विशेष प्रणाली सक्रीय नरहेपनि वर्षाको सम्भावना
-
आज विवाह पञ्चमी पर्व : श्रीरामचन्द्र र सीताको विवाह उत्सव मनाइँदै
-
विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर, युरो, दिराम र रियाल कसको मूल्य कति ?
-
बलियो बन्दै बर्नमथ, टोटह्यामलाई छैठौं ठक्कर
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो