दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सोमबार, १० मङ्सिर २०८१, १२ : ३५

बुटवल । दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७प ४९५४ नम्बरको मोटरसाइकल रातो डाँडामा र दुर्घटना हुँदा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगीको मृत्यु भएको छ ।
उनी मोटरसाइकलको पछाडि सवार थिए । मोटरसाइकल चालक रोशन विकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा