सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार
काठमाडौँ । त्रिमूर्ति निकेतनले ६ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवम् छन्द काव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्ने रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको हो । बैठकले नाट्य सम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्त्वपूर्ण दस्ताबेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली भाषा साहित्यको सेवामा विशिष्ट योगदान गरेबापत प्राडा.सावित्री कक्षपतिलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको छ ।
त्यसैगरी नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि ६ दशक अघिदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान गरेकी प्राडा बेन्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने निर्णय भएको छ । यी तीनै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ र ताम्रपत्र रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच १० बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण