अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्य अध्ययन गर्न समिति गठन
सोमबार, १० मङ्सिर २०८१, १६ : ३३
काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यबारे अध्ययन गर्न समिति गठन गरेको छ ।
अन्तर्राष्ट्रिय हवाई टिकटमा महँगो मूल्य तिर्नुपरेको गुनासो बढेपछि सरकारले सोमबार अध्ययन कार्यदल बनाएको हो ।
मन्त्रीस्तरीय निर्णयबाट बनेको समितिको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरे तोकिएकी छन् ।
२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम सुरु भएपछि वायुसेवा कम्पनीले हवाई भाडा अस्वाभाविक रूपमा बढाएका छन् ।
ठगिएको आशंका भएमा टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, भौचर लगायत अन्य प्रमाणसहित उजुरी गर्न पनि सरकारले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण