पञ्जाबले सात करोडमा किन्यो दक्षिण अफ्रिकाका मार्को यानसेनलाई, क्रुणाल पाण्ड्या बेंगलुरुमा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा दक्षिण अफ्रिकाका अलराउन्डर मार्को यानसेन सात करोड भारतीय रुपैयाँमा बिक्री भएका छन् । मेगा अक्सनको अन्तिम दिन सोमबार यानसेनलाई पञ्जाब किङ्सले सात करोडमा खरिद गरेको हो ।
मार्को यानसेनलाई किन्न गुजरात टाइटन्सले पनि चासो देखाएको थियो । तर, पञ्जाबले बाजी मा¥यो । दुई चर्चित भारतीय खेलाडी पृथ्वी शाँ र शार्दुल ठाकुरलाई भने कुनै पनि क्लबले खरिद गरेनन् । यसका अतिरिक्त मेगा अक्सनमा न्युजिल्यान्डका केन विलियम्सन र ग्लेन फिलिप्सलाई खरिद गर्न पनि कुनै टोलीले चासो देखाएनन् । यद्दपि, उनीहरुसँग अझै एक अवसर भने बाँकी छ ।
यसैगरी, चर्चित भारतीय खेलाडी हार्दिक पाण्ड्याका भाई कुणाल पाण्ड्यालाई भने रोयल च्यालेन्जर्स बेंगलुरुले खरिद गर्यो । उनका लागि बेंगलुरुले पाँच करोड ७५ लाख भारतीय रुपैयाँ खर्चियो ।
त्यस्तै अघिल्लो सिजनको आईपीएल कोलकाता नाइट राइडर्सबाट खेलेका नितिश राणालाई मेगा अक्सनमा राजस्थान रोयल्सले चार करोड २० लाख भारतीय रुपैयाँमा खरिद गर्यो । यसैगरी, दक्षिण अफ्रिकाका रायन रिकेल्सन मुम्बई इन्डियन्समा आबद्ध भएका छन् । उनलाई मेगा अक्सनमा मुम्बई इन्डियन्सले एक करोड भारतीय रुपैयाँमा खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण