अस्ट्रेलियाका इङ्लिस पञ्जाब र भुवनेश्वर कुमार बेंगलुरुमा, बिक्री भएनन् शाई होप
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा अस्ट्रेलियाका विकेट किपर ब्याट्सम्यान जोश इङ्लिसलाई पञ्जाब किङ्सले खरिद गरेको छ । उनलाई पञ्जाबले दुई करोड ६० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
विकेटकिपर ब्याट्सम्यान केएस भरत र वेस्ट इन्डिजका शाई होपलाई भने कुनै पनि क्लबले खरिद गरेनन् । यद्दपि, उनीहरुसँग अझै एक अवसर भने बाँकी छ ।
यसैगरी, अघिल्लो सिजन चेन्नई सुपर किङ्सबाट खेलेका युवा बलर तुषारदेश पाण्डेलाई राजस्थान रोयल्सले खरिद गर्यो । राजस्थानले उनलाई ६ करोड ५० लाख रुपैयाँमा किनेको हो ।
यसैगरी, दक्षिण अफ्रिकाका तिब्रगतिका बलर जेराल्ड कोएट्जीलाई गुजरात टाइटन्सले खरिद गर्यो । गुजरात टाइटन्सले उनका लागि दुई करोड ४० लाख भारतीय रुपैयाँ खर्चियो ।
यसैगरी, चर्चित भारतीय बलर भुवनेश्वर कुमारलाई रोयल च्यालेन्जर्स बेंगलुरुले खरिद गर्यो । मेगा अक्सनमा बेंगलुरुले उनलाई १० करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, तिब्रगतिका भारतीय बलर मुकेश कुमारले दिल्ली क्यापिटल्सबाटै आईपीएल खेल्ने भएका छन् । उनलाई दिल्लीले आठ करोड रुपैयाँमा खरिद गरेको हो । उनका लागि दिल्लीले आरटीएम कार्ड प्रयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण