बागमती प्रदेश खेलकुद परिषद्मा ४ जना सदस्य नियुक्त
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्यमा ४ जनालाई नियुक्त गरेको छ । सोमबार बसेको सरकारको मन्त्रिपरिषद बैठकले २ महिला सहित ४ जनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा ललितपुरका रवि महर्जन, मकवानपुरका सङ्गीत श्रेष्ठ, चितवनकी नबिना खनिया र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरिएको सरकारको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । एक सदस्यको कार्यावधि बाँकी रहेकाले हाललाई ४ जनालाई मात्र नियुक्त गरिएको उनले बताए ।
उनका अनुसार कानुनी अड्चनको समाधानका लागि सदस्यहरूको नियुक्तिका लागि सामाजिक विकास मन्त्रालयको सिफारिस तथा युवा तथा खेलकुद मन्त्रालयको सहमति लिएर गरिएको छ । बैठकले प्रदेश सुशासन केन्द्रको वार्षिक प्रतिवेदनलाई प्रदेशसभामा पेस गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण