केवाईसी रुजु गर्ने वालेटकै कर्मचारी पक्राउ
काठमाडौँ । सेवाग्राहीहरूको केवाईसी रुजु गर्ने वालेटकै कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साहिल श्रेष्ठ, सविन कुमार कुमाल र सुरेन्द्र बस्नेत रहेका छन् ।
उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी आपराधिक विश्वासघात गर्न नहुने कसुरमा अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वालेटका ग्राहकहरूको केवाईसी रुजु गर्ने विभागका कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी भेरिफाइ गर्नका लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपि लगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक–फरक मोबाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढी वालेटहरू गैरकानुनी रूपमा खोल्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण