केवाईसी रुजु गर्ने वालेटकै कर्मचारी पक्राउ

काठमाडौँ । सेवाग्राहीहरूको केवाईसी रुजु गर्ने वालेटकै कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साहिल श्रेष्ठ, सविन कुमार कुमाल र सुरेन्द्र बस्नेत रहेका छन् ।
उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी आपराधिक विश्वासघात गर्न नहुने कसुरमा अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वालेटका ग्राहकहरूको केवाईसी रुजु गर्ने विभागका कर्मचारीहरूले वालेटका सेवाग्राहीहरूले आफ्नो वालेटको केवाईसी भेरिफाइ गर्नका लागि अपलोड गरिएका विवरणहरूबाट फोटो, नागरिकताको प्रतिलिपि लगायत विवरण डाउनलोड गरी आपराधिक गिरोहसँग कमिसन लिई अन्य व्यक्तिहरूको नाममा फरक–फरक मोबाइल नम्बरहरूबाट ५५ वटा भन्दा बढी वालेटहरू गैरकानुनी रूपमा खोल्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरेका हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलालाई उद्यमसँग जोड्न बाख्रा उपहार
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
सूर्यनारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
आजको लागि विदेशी मुद्राको विनिमयदर
-
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा