अर्थ
सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घट्यो
मङ्गलबार, ११ मङ्सिर २०८१, १० : ४९
काठमाडौँ । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २६०० रुपैयाँ घटेको हो । यससँगै मंगलबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको थियो । जबकि आइतबार छापावाल सुनको लाख १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।
मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो भने जुन दर सोमबारदेखि कार्यान्वयनमा आएको थियो ।
यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८४५ रुपैयाँ कायम भएकोमा मंगलबार घटेर १ हजार ८२० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण