प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अघि समितिको बैठक बसेर छलफल गर्ने बताएका छन् ।
सभापति यादवले समितिको बैठक सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रीसँग समयका लागि समन्वय गरिरहेको पनि जानकारी दिए । उनले सरकारको एजेन्डा बाहिर आएपश्चात् त्यसमाथि छलफल हुने र भ्रमण उपलब्धिमूलक बनाउन समितिले थप सल्लाह सुझाव दिने पनि जानकारी दिए ।
‘यो उहाँको महत्त्वपूर्ण भ्रमण हो । यसलाई फलदायी बनाउन भएका र थप एजेन्डामा छलफल हुन्छ‚’ उनले भने ।
प्रधानमन्त्री बनेपश्चात् केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । भ्रमण अघि मङ्सिर १३ गते तयारी स्वरूप परराष्ट्र मन्त्री आरजू राणा देउवा चीन भ्रमण जाने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण अघि बेल्ट एन्ड रोड योजना ऋणमा लिने कि अनुदानमा भन्ने बहस पनि छ । त्यसैले महत्त्वपूर्ण विषयमा गहन छलफल समितिमा हुने गरी बैठक बस्ने सभापति यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण