सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
काठमाडौँ । सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गतेदेखि औपचारिक रूपमा सुरुवात भएको कोषमा हाल १७ लाख ९७ हजार बढी योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् ।
७ औँ वर्षमा प्रवेश गरेको अवसरमा कोषले स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला निकायको उपस्थिति रहेको छ ।
कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार कोषमा हालसम्म १७ लाख ९७ हजार ६४० जना योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् । भने १९ हजार ७६९ रोजगारदाता समेत आबद्ध भएका छन् ।
जसमा १२ लाख ५३ हजार ६१५ जना वैदेशिक रोजगारीमा रहेका श्रमिक छन् । कोषमा हाल ६८ अर्ब ६८ करोड रुपैयाँ जम्मा भएको कार्यकारी निर्देशक अधिकारीले बताए । कोषले स्वास्थ्य उपचार, पेन्सन लगायतका सुविधाका लागि ११ अर्ब ६२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
कोषले हाल औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना लगायतका योजना अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण