सामाजिक सुरक्षाले श्रमिकहरूलाई उत्साहित तुल्याएको छ : मन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरूलाई उत्साहित तुल्याएको बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले नेपाली श्रमिकलाई भविष्यप्रति आश्वस्त तुल्याएको पनि दाबी गरे । उनले सामाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति सरकारले धेरै काम गर्न बाँकी रहेको बताए । उनले सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरूलाई दायरामा समेट्न जरुरी रहेको बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्रभावकारी कार्यान्वयन र परिणाम दिने गरी अगाडि लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।
अर्थमन्त्री पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने काम पार्टी नेकपा एमाले भएको बताए । उनले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको दाबी गर्दै अब व्यवहारिक रूपमा कार्यान्वयन र स्थापित गरिने बताए । उनले समय क्रममा सामाजिक सुरक्षाका दायरालाई बिस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको बताए ।
अर्थमन्त्री पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारमा अघि सारिएको बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको दाबी गरे । उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण