विपद् प्रभावित रोशीमा सोलारबाट उज्यालो
मकवानपुर । गत असोजको विपदबाट प्रभावित भएको काभ्रेस्थित रोशी गाउँपालिकामा सोलार प्यानलबाट विद्युत् पुर्याइएको छ । चिनिया सहयोगमा रोशी गाउँपालिका वडा नम्बर–११, भीमखोरीका ८० घरधुरीमा सोलार प्यानलमार्फत विद्युत् सेवा पुर्याइएको हो ।
असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण आएको बाढी पहिरोले सो स्थानको विद्युत् सेवामा क्षति पुगेको थियो । बाढी पहिरोका कारण सो गाउँमा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको घर तथा बिजुलीको पोल र ट्रान्सफर्मरमा समेत क्षति पुगेको थियो ।
विपद् प्रभावित उक्त गाउँमा चिनियाँ सहयोगमा सोलार मार्फत ‘उज्यालो’ बत्ती बालिएको हो । बाढी र पहिरोको कारण राष्ट्रिय प्रसारण लाइनको विद्युतविच्छेद भएको सो स्थानमा चीनको ह्वायान टेम्पल अफ छोङछिङको सहयोगमा ८० घरधुरीलाई सोलार बत्ती उपलब्ध गराइएको हो ।
नेपालस्थित चिनियाँ दूतावासमार्फत उक्त टेम्पलले रोशी गाउँपालिका र रसुवाको आमा छोदिङमो गाउँपालिका र गोदावरी नगरपालिकामा ‘गाउँ उज्यालो बनाऊँ परियोजना’मार्फत सहयोग गरेको थियो । दुर्गम गाउँलाई स्थिर प्रकाश प्रदान गर्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको परियोजनाका नेपाल प्रतिनिधि मानबहादुर तामाङले बताए । परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्य बत्ती प्रदान गर्ने उनले बताए ।
विद्युतको केन्द्रीय प्रसारण नपुगेको सो गाउँमा जडान भएको सोलार बत्तीबाट स्थानीयको रात्रिकालीन जीवनलाई सहज बनाउनुका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना भएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए । अध्यक्ष लामाका अनुसार असोजको विपदमा परेर रोशीमा १२ जनाले ज्यान गुमाएको, ५ सय ४ घरधुरी पूर्ण क्षति हुनुका साथै २ हजार ५४४ घरधुरीका खेतबारी र पशुपक्षी नष्ट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण