‘एक्टिङ स्टार’ले फिल्म खेल्न पाउने
काठमाडौँ । गायन, डान्सिङ र कमेडी रियालिटी शोको जगजगी रहेको समयमा अब अभिनय विधामा आधारित रहेर नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’ आउने भएको छ ।
यसका लागि केही महिनाअघि डिजिटल अडिसनको आह्वान गरिएको थियो । अहिलेसम्म ५०० भन्दा बढीले भिडियोसहित आवेदन दिइसकेको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
डिजिटल अडिसनबाट छनोट हुने हरेकलाई उनीहरूकै ठाउँमा गएर सहभागिताको प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । अब फिजिकल अडिसनमार्फत् २४ जनालाई छनोट गरेर प्रतियोगिता सुरु गरिने शोका निर्देशन विशाल भण्डारीले जानकारी दिए । शोको प्रसारण संस्था (टेलिभिजन) र निर्णायक (जज) भने केही दिनमा सार्वजनिक गरिने उनले बताए ।
‘एक्टिङ स्टार’मा भाग लिन इच्छुकले अझै पनि मंसिर ३० गतेभित्र दुई मिनेटसम्मको प्रस्तुतिसहितको भिडियो पठाउन सक्नेछन् । यसका विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर पाउने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण