चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
काठमाडौँ । चर्चित सांगीतिक ब्याण्ड ‘मंगोलियन हर्ट’ले चितवनमा कन्सर्ट गर्ने भएको छ । गत मंसिर ७ देखि सुरु भई आगामी १७ गतेसम्म चल्ने ‘सांस्कृतिक तथा व्यापार महोत्सव २०८१’मा ब्याण्डले सांगीतिक प्रस्तुति दिने भएको हो ।
ब्याण्डको कन्सर्ट मंसिर १४ रत्ननगरको सौराहा चोकको बसपार्कमा हुनेछ । जसमा मंगोललियन हर्टले आफ्नो लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछ । कन्सर्टमा गायक लामाको नेतृत्वमा अन्य कलाकारको समेत प्रस्तुति दिने महोत्सवका कलाकार व्यवस्थापक जीवन नेपालले जानकारी दिए । युवापुस्तामा लोकप्रिय ब्याण्ड मंगोलियन हटको कन्सर्ट साँझ ५ देखि ९ बजेसम्म चल्नेछ ।
महोत्सवको उद्देश्य स्थानीयलाई सांगीतिक मनोरञ्जन दिलाउनेको अलवा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरूको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण रहेको आयोजक समितिका संयोजक सञ्जय लोप्चन तामाङले बताए । महोत्सवमा करिब २ सय स्टल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण