पर्साबाट सुनसहित एक जना पक्राउ
बुधबार, १२ मङ्सिर २०८१, १७ : ३७
वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जबाट १३ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
महानगरपालिकाको वडा नम्बर–८ लिंकरोडस्थित सडक खण्डबाट एक सय ग्राम भन्दा बढी सुनसहित २८ वर्षका जयप्रकाश कुमार सोनारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार अवैध रूपमा सुन ओसारपसार भइरहेको प्रहरीलाई विशेष सूचनाको आएको थियो ।
सोही आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शङ्कास्पद रूपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकलमा सवार सोनारलाई जाँच गर्दा सो सुन बरामद भएको हो ।
प्रहरीका अनुसार बरामद भएको उक्त सुनको बजार मूल्य १३ लाख ८८ हजार ४३६ रुपैयाँ रहेको छ ।
सोनारलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण