सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी आउँदो पौष ११ र १२ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
सम्मेलनले विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज हुने अपेक्षा गरिएको छ । सम्मेलनले प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशेढुङ्गा सावित विश्वास गरिएको छ ।
प्रवासी नेपालीहरूको विशेषज्ञता, स्रोत र साझेदारीमार्फत नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याउन सक्ने योगदानको पहिचान गर्नु, विश्वव्यापी र स्थानीय स्वास्थ्य प्रदायकहरूबिच ज्ञान आदानप्रदानको सुविधा प्रदान गर्नु, अनुसन्धान र तालिमका अवसरहरूको प्रवर्द्धन गर्नु र प्रवासीहरूको दीर्घकालीन सहभागिता सुनिश्चित गर्नका लागि नीतिगत पहलहरू पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले बताए ।
सम्मेलनबारे जानकारी दिँदै मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले भने, ‘हामीले हेल्थमा योगदान दिनसक्ने डायस्पोरालाई नै टार्गेट गरेका हौँ । अर्को, हेल्थ केयर अथोरिटिजहरु, पोलिसी मेम्बर्सहरु (देशभित्र रहनुभएका वा अन्यत्रबाट आउनुभएका), अन्य सामाजिक विकासका क्षेत्रमा काम गरिरहेका संस्था र सञ्चारकर्मी साथीहरूलाई कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरेका छौँ ।’
नेपाल स्वास्थ्य सम्मेलन—२०२४ मा सहभागी हुन सचिव मैनालीले आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण