जब समर्थकहरु मैदानभित्र प्रवेश गरेर क्रिकेट खेल्न थाले ...
काठमाडौँ । घरेलु टोली न्युजिल्यान्ड र इङ्ल्यान्डबिचको पहिलो टेस्ट क्रिकेट क्राइस्ट चर्चमा जारी छ । पहिलो टेस्टको पहिलो दिन बिहीबार न्युजिल्यान्डले आठ विकेट गुमाएर तीन सय १९ रन बनाएको छ ।
पहिलो दिनको खेलका क्रममा स्टेडियममा एउटा रमाइलो दृश्य देखियो । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । समर्थकहरुले रमाइलो टिप्पणी पनि गरिरहेका छन् । खासमा, पहिलो दिनको खाना समयमा दुबै टोलीका खेलाडी मैदानबाट बाहिरिएका थिए । त्यसपछि रंगशालामा खेल हेरिरहेका दर्शकहरु ठुलो सख्यामा मैदानभित्र प्रवेश गरेका थिए ।
आयोजकले नै रंगशालामा उपस्थिति दर्शकहरुलाई मैदानभित्र प्रवेश गर्ने अनुमति दिएको थियो । सामान्यतः कुनै पनि खेलका क्रममा दर्शकलाई मैदानमा प्रवेश गर्ने अनुमति दिइँदैन । त्यसैले त्यो दृश्य विश्व क्रिकेटका लागि नै अनौठो थियो । निकैअघि टेस्ट क्रिकेटमा बेलाबखत दर्शकलाई रमाइलोका लागि मैदानमा प्रवेश गर्ने अनुमति दिइन्थ्यो । दर्शकहरु पनि यसमा रमाउँथे ।
अहिले आएर न्युजिल्यान्ड क्रिकेट बोर्डले त्यही पुरानो इतिहासलाई दोहोर्याउने प्रयास गरेको हो । बिहीबार ठुलो सँख्यामा दर्शकहरुले मैदानभित्र प्रवेश गरेर क्रिकेट पनि खेलेका थिए ।
इङ्ल्यान्डका खेलाडीहरुले पनि त्यो भिडियो सामाजिक सञ्जालमा सेयर गरेका छन् । इङ्ल्यान्डका एक खेलाडीले भिडियो सेरय गर्दै खेलेका छन्, ‘हेग्ले ओभलको एउटा सुन्दर दृश्य । लन्ज ब्रेकमा दर्शकलाई मैदानमा प्रवेश गर्ने अवसर प्रदान गरियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य पोर्टल : ९० दिनमै २ हजार भन्दा बढीले पाए सेवा
-
विश्वविद्यालयलाई आईटी उद्योगसँग जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने
-
सर्वोच्च अदालतः जलेका २० हजार मिसिलमध्ये १८ हजार 'पुनर्जीवित'
-
के अर्जेन्टिनाले काला वर्णका खेलाडीहरूलाई स्थान दिँदैन ?
-
कांग्रेस–एमाले गठबन्धन भत्किए गण्डकीमा नेकपा हुन सक्छ निर्णायक
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण