प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल बाँकी रहेको पत्र पठाएपछि धितोपत्र बोर्डले जगदम्बा स्टिल र मारुती सिमेन्टलाई तत्काल आईपीओ निष्कासनको अनुमति नदिने भएको छ ।
दुवै कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । तर बक्यौता बाँकी रहेको भनेर प्राधिकरणले पत्र पठाएपछि विगतको अभ्यास अनुसार रोकिने बोर्डले जनाएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्तिक २५ गतेको मन्त्रिपरिषद्को निर्णय र मङ्सिर ११ गतेको विद्युत् नियमन आयोगले बक्यौता उठाउन भनेको बेहोरासहितको पत्र बुधवार बोर्डमा पठाएका थिए । जसमा मारुती सिमेन्टले ५७ करोड ४४ लाख ७९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको उल्लेख छ । जगदम्बा स्टिलको भने १ अर्ब ६० करोड १८ लाख ४३ हजार रुपैयाँ बक्यौता रहेको पत्रमा जनाइएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीका अनुसार विगतमा पनि यसरी बक्यौता बाँकीको पत्र आएपछि रोकिएको अभ्यास छ ।
उनले भने, ‘कुनै पनि निकायले बक्यौता बाँकी रहेको जानकारी दिएपछि आईपीओ जारी गरिँदैन । गरिएको थिएन । त्यही अभ्यासलाई हेर्दा यो पटक पनि आईपीओको पाइप लाइनमा रहेका कम्पनीको बक्यौता बाँकी भए तत्काल जारी गर्न सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण