सुदूरपश्चिम रोयल्सको ट्राभल पार्टनरमा राइका

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदुरपश्चिम रोयल्स र राइका टुर्स एन्ड ट्रेक्स प्रालिबीच प्रायोजन सम्झौता भएको छ । राइका र रोयल्सबीच ट्राभल पार्टनरका लागि एक कार्यक्रममाझ सम्झौता भएको हो ।
सम्झौता पत्रमा रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र राइकाका अध्यक्ष अमर बहादुर शाहीले हस्ताक्षर गरे । मालिक शाहले सहकार्यका लागि धन्यवाद व्यक्त गर्दै टिममाथि देखाउनुभएको विश्वास सुखद नतिजाले फर्काउने बताए ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रूपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारीयट काठमाडौँमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मङ्सिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले नयाँ सहकारी राष्ट्रिय नीति जारी गर्ने
-
परोपकार घटना : शौच गरेको निहुँमा विवाद हुँदा पुरुषको हत्या
-
नयाँ आर्थिक वर्षका यस्ता छन् सरकारका प्राथमिकता
-
सरकारको नीति तथा कार्यक्रममा के छ ?
-
महिमानसिंह विष्टविरुद्ध अदालतको आदेश किर्ते गरेको कसुरमा अनुसन्धान
-
राष्ट्रपति पौडेल संसद् भवन जाँदा सडकमा यस्तो देखियो, तस्बिरहरू