अव्यवस्थित विकासले विपद्लाई बढवा दियो : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अव्यवस्थित विकासले विपद्का घटनालाई बढवा दिएको बताएका छन् । उनले योजना विनाका कार्यक्रमहरू निर्माण गर्दा सरकारको लगानी व्यर्थ बनिरहेको बताए ।
प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा हेटौँडामा आयोजित २ दिने खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले आयोजनाको विस्तृत अध्ययन पश्चात् मात्र बजेट व्यवस्था गरेर कार्यान्वयनमा अघि बढ्नुपर्ने बताए । विकासको मोडल परिवर्तन गरेर एकीकृत विकासको आयोजनाहरू सञ्चलन गर्नुपर्नेमा उनले जोड दिए ।
‘मास्टर प्लान विना नै आयोजनाहरूमा काम भएका छन् । योजना विना नै कार्यान्वयनमा अघि बढ्दा सरकारको लगानी व्यर्थ बनिरहेको छ ।’ उनले भने, ‘अव्यवस्थित रूपमा भएका विकासका कामले विपद्लाई बढवा दिएका छन् । अब एकीकृत विकासको मोडलमा लगानी गरेर उपलब्धिमूलक ढङ्गबाट काम गर्नुपर्छ ।’
समग्र क्षेत्रलाई समेटेर प्रभावकारी आयोजना निर्माण गरी कार्यान्वयनमा अघि बढ्न जरुरी रहेको उनले औँल्याए । मुख्यमन्त्री लामाले आर्थिक सामाजिक, शिक्षा तथा स्वास्थ्य र उत्पादन केन्द्रित आयोजनाहरू तयार गरेर विकासका काम अघि बढाउनुपर्ने बताए ।
प्रदेश सरकारले नागरिकहरूको सेवा प्रवाहसँगै आधारभूत आवश्यकताको क्षेत्रमा प्राथमिकताका साथ काम गरेको उनले बताए । सरकारले खानेपानी आपूर्तिलाई गुणस्तरीय र सहज उपलब्धताका लागि ‘एक घर एक घारा’ कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री लामाले बताए । सो कार्यक्रमलाई सरकारले अभियानको रूपमा अघि बढाइरहेको उनले बताए ।
कार्यक्रममा खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री श्याम खड्काले अलपत्र आयोजनाहरू पूर्णता गर्ने गरी अघि बढेको बताए । उनले नागरिकको सुविधा र सहज पहुँचका लागि विगतमा सञ्चालन भएका अधुरा आयोजनाहरू पुरा गर्ने गरी काम भइरहेको उनले बताए ।
उनले विना तयारी आयोजना सञ्चालन गर्ने प्रवृत्ति अन्त्य हुन जरुरी रहेको बताए । अध्ययन विनाका आयोजनाले प्रदेश सरकारलाई आर्थिक तथा अन्य रूपले थप समस्या बनाएको उनको भनाई छ । संविधानले व्यवस्था गरेका नागरिकको मौलिक हकका सन्दर्भमा सरकार गम्भीर रहेको उनले बताए । नागरिकको प्रत्यक्ष सरोकारका विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको मन्त्री खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण