चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ । शैक्षिक सत्र २०८१/०८२ मा स्नातकोत्तर तह (पीजी) मा भर्नाका लागि विद्यार्थी छनौट गर्न सञ्चालन गरिने प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।
मङ्सिर १७ गतेदेखि पुस ७ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सकिनेछ । त्यसपछि पुस १४ गतेसम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिने आयोगले जनाएको छ । आयोगले विभिन्न ११ वटा शैक्षिक कार्यक्रम समूहका ५८ वटा शैक्षिक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न अनलाइन मार्फत आवेदन माग गरेको हो ।
प्रवेश परीक्षा माघ २७ गतेदेखि २८ गतेसम्म हुनेछ । एकीकृत प्रवेश परीक्षा काठमाडौँ उपत्यकाभित्र हुने आयोगले जनाएको छ । नेपाली विद्यार्थीले आवेदन दिँदा ५ हजार रुपैयाँ र र विदेशीले आवेदन दिँदा ८ हजार रुपैयाँ आवेदन शुल्क लाग्ने आयोगको भनाई छ ।
सरकारी शिक्षण संस्थामा सञ्चालन हुने स्नातकोत्तर तहमा नेपाली विद्यार्थीका लागि निःशुल्क हुने व्यवस्था छ । त्यसका लागि नेपाली विद्यार्थीले भर्नाका बखत राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधनसमेत) बमोजिम कबुलियतनामा गर्नुपर्ने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण