लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत
काठमाडौं । युरोपा लिगमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले नर्वेजियन क्लब बोडो ग्लिम्टलाई हराएको छ । घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा म्यानयुले ग्लिम्टविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो । म्यानुयुलाई जिताउन आर होजलुन्ड नायक सावित भए । उनी एक्लैले दुई गोल गरे भने सुरुवाती अग्रता गार्नाचोले दिलाएका थिए ।
योसँगै प्रशिक्षण सम्हालेको पहिलो पटक वर्ल्ड ट्राफोर्डमा रुबेन एमोरिमलाई सफलता मिलेको छ । उनले जिम्मेवारी लिँदा खराब लयमा रहेको म्यानचेस्टर युनाइटेड लयमा फर्किएका अडकल गर्न थालिएको छ ।
उता, प्रिमियर लिगमा समेत सोचे अनुरुप प्रदर्शन गर्न नसकेको युनाइटेड पछिल्लो युरोपा लिगमा पनि निकै कष्टपूर्ण यात्राबाट गुज्रिरहेको छ । ल्युक शा हालै मात्र चोट मुक्त भएर खेलमा फर्किएका छन् । यो जितले म्यानयुलाई केही राहत भएको छ । हाल अन्तिम १६ को क्वालिफिकेशन जोनमा रहेको म्यानयुले गति समाते अघिल्लो चरण पुग्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण