फक्सवागनले चीनमा बेच्यो आफ्नो एउटा कारखाना
बेइजिङ । जर्मन कार निर्माता कम्पनी फक्सवागनले चीनमा रहेको आफ्नो एउटा कारखाना बेचेको छ । आर्थिक कारणहरूलाई उद्धृत गर्दै कम्पनीले उत्तरपूर्वी चीनको सिनचियाङ प्रान्तमा रहेको कारखाना बेचेको हो । चीनको सो क्षेत्र मानव अधिकार उल्लङ्घनका घटनाका लागि कुख्यात छ ।
चिनियाँ मोटर निर्माता कम्पनी एसएआईसी मोटरसँगको ज्वाइन्ट भेन्चरमा कम्पनीले सो कारखाना खोलेको थियो । तर कारखानामा खासै व्यापार नभएको कम्पनीको प्रवक्ताको भनाइ छ । सो कारखानाले सन् २०१९ सम्ममा कम्बष्टन इन्जिनयुक्त कार बनाउँदै आएको थियो ।
त्यसपछि भने यसले अन्य कारखानामा बन्ने कारका लागि वितरण केन्द्रको रूपमा काम गर्यो । विद्युतीय कार बनाउने प्रतिस्पर्धी कार निर्माताहरूबाट चर्को दबाबलाई उद्धृत गर्दै कम्पनीले उत्पादन सञ्जालमा कायापलटलाई तीव्र पार्न जरुरी भएको र कम्बस्टन इन्जिनयुक्त कारको माग घटेकोले कारखाना बन्द गरिएको प्रवक्ताले बताएका छन् ।
विश्वका कयौँ देशमा हालैका वर्षमा विद्युतीय कारको विक्री बढिरहेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार चीनमा यो वर्ष विक्री भएकामध्ये ४५ प्रतिशत कार विद्युतीय थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण