लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनी आउँदै
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सहभागी हुन आज दिउँसो लुम्बिनी आउँदै छन् ।
विश्वविद्यालयका रजिस्टार तिलकराम आचार्यले उक्त समारोहमा विश्वविद्यालयका कुलपतिसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलका साथै स्वदेशी तथा विदेशी विशिष्ट पाहुना सहभागी हुने बताए ।
उक्त अवसरमा स्नातकोत्तर तहका १८६, स्नातकका ८८, विद्यावारिधि पूरा गरेका सात र पीजीडीका आठ विद्यार्थी दीक्षित हुनेछन् । प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १३ विद्यार्थीलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिनेछ।
त्यस्तै बौद्ध शिक्षा, धर्मदर्शनको प्रवर्धनमा योगदान पुर्याएकी भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य)लाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ । विश्वविद्यालयमा अहिले ६८ विदेशीसहित २ हजार ३०० विद्यार्थी अध्ययनरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण