सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साढे ३३ किलो सुनकाण्डका नाइके गोरे पक्राउ

मङ्गलबार, ०८ जेठ २०७५, ११ : ४३
मङ्गलबार, ०८ जेठ २०७५

काठमाडौं– साढे ३३ किलो सुनकाण्डका नाइके  गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएकाे तस्करीको सुन हराएपछि भरिया भनिएका सनम शाक्यको हत्या भएपछि घटना बाहिर आएको थियो । 
घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन समितिले गोरेसहित ६३ जनाविरुद्ध  जिल्ला अदालत मोरङमा यसअघि नै मुद्दा दायर गरिसकेको छ । यद्यपी गोरे फरार हुँदै आएका थिए । 

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले ६० दिनको अनुसन्धानको समय पूरा गरी सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्रसहित मुद्दा दर्ता गरेको थियो । 

यस्तो घरमा बस्थे सुन तस्करका नाईके ‘गोरे’

उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्यबराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोबार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको छ । 

आपराधिक समूह स्थापना, सञ्चालन गरी सुनचाँदी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्यज्यानसम्बन्धी उनीहरुमाथि छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । छ जना पूर्व तथा वर्तमान प्रहरी पदाधिकारीमाथि सुनचाँदीको अवैध कारोवार सम्बन्धमा, छ जनामाथि ज्यान मुद्दा, १३ जना विमानका कर्मचारी र तीन जना सुन व्यापारी गरी २९ जनामाथि मुद्दा दर्ता गरिएको हो । 
गत माघ ७ गते दुवईबाट तस्करहरुले ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थल काठमाडौँबाट हराएको थियो । 
हराएको सो सुन बेपत्ता पारेको भनेर तस्कर समूहमाथि मोरङको उर्लाबारी बस्ने सनम शाक्यलाई अपहरण गरी हत्या गरेको आरोप छ । घटनापछि गोरे फरार थिए । उनी  पक्राउ परेसँगै हराएको भनिएको सुनबारे पनि थप खुल्ने  अपेक्षा गरिएको छ । 

सुन प्रकरणका अन्य समाचार पढ्नुहोस्

सुन तस्कर ‘गोरे’ भन्थे– ‘एसएसपी खत्रीलाई १ करोड दिन बाँकी छ’

कसले लुट्यो तस्करीको ३३ केजी सुन ? : लुटेरा ग्याङसँग सई सा’पको दरबारमार्गमा मिटिङ !

एउटा यस्तो बयान, जसले ३३ किलो सुन तस्करीको पर्दा खोल्छ (बयानको पूर्णपाठ)

३३ किलो सुन तस्करी : प्रहरी अधिकारी विकाशराज खनालको वयानको पूर्णपाठ

प्रहरी र सुन तस्करबीच  ‘दुई करोड’ बार्गेनिङ,  ‘गोरे’ लाई प्रहरीले नै भगाएको आरोप !

सुन तस्करी–हत्या अभियोगका ६ आरोपितको बयान सकियो

प्रहरीकै गाडीबाट ‘दाह्रीवाला’ सम्म पुग्थ्यो तस्करीको सुन

साढे ३३ किलो सुनकाण्डः प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

साढे ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

पुलिसको बर्दीमा ‘गोल्डेन’ दाग : सुन तस्करीमा सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्सन’

तस्करीको सुनमा फाइदैफाइदा, यसकारण बढिरहेछ तस्करी !

सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !

रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप