२ अर्ब ७८ करोड तिरेर एक महिनामा साढे ७ खर्बको बीमा
काठमाडौँ । एक महिनामा ७ खर्ब ५३ अर्ब ९८ करोड रुपैयाँ बराबरको बीमा भएको छ । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कात्तिक महिनाभरमा ६ लाख ६० हजार ६६५ वटा बीमालेख मार्फत सो बराबरको निर्जीवन बीमा गरिएको हो । यसबाट २ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमाशुल्क सङ्कलन गरिएको बीमा प्राधिकरणको तथ्याङ्क छ ।
अहिले १४ वटा निर्जीवन बीमा र चारवटा निर्जीवन लघुबीमा कम्पनी समेत गरी कुल १८ वटा लघुबीमा संस्थाहरू क्रियाशील छन् । ती संस्थाले चार महिनाको अवधिमा भने १४ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेर ९ लाख ९८ हजारवटा सम्पत्तिको बीमा गरिएको विवरणमा उल्लेख छ ।
चार महिनाको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७७ करोड, सिद्धार्थ प्रिमियरले १ अर्ब ४६ करोड, शिखर इन्स्योरेन्सले १ अर्ब ४१ करोड, नेको इन्स्योरेन्सले १ अर्ब १५ करोड तथा आईजीआई प्रुडेन्सियल इन्स्योन्सले १ अर्ब १३ करोडको बीमाशुल्क सङ्कलन गरेका छन् । बाँकी कम्पनीहरूको १ अर्बभन्दा कम कारोबार छ ।
यो अवधिमा मोटर बिमातर्फ ४ अर्ब ५९ करोड, सम्पत्ति बिमातर्फ ३ अर्ब ८४ करोड, इन्जिनियरिङ बिमातर्फ १ अर्ब ८३ करोड र विविध बीमा अन्तर्गत १ अर्ब ६५ करोड रुपैयाँ सङ्कलन भएको छ । अरू बीमालेखबाट संकलित शुल्क १ अर्बभन्दा कम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण