‘पोखरावासीले आजदेखि खाने भए शुद्ध धाराको पानी’
पोखरा । पोखरावासीले आजदेखि सिधै धाराबाट आउने शुद्ध खानेपानी पिउने भएका छन् । पोखरा महानगरपालिकामा जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थान अन्तर्गत सम्पन्न पोखरा खानेपानी सुधार आयोजनाका संरचनाहरूको उद्घाटन गर्दै खानेपानी मन्त्री प्रदीप यादवले माछापुच्छ्रेको काखबाट शुद्ध खानेपानी पोखरामा ल्याएर शुद्ध र सुरक्षित खानेपानी वितरण सुरु भएको छ, जुन पानी सिधै धाराबाट पिउन सकिने बताए ।
वर्षातको समयमा हिलो मिसिएको पानी खानु पर्ने अवस्था रहेकोमा आजको मितिबाट यहाँका नागरिकहरूको सो पीडा समाप्त भएको बताउँदै मन्त्री यादवले मेलम्ची पछिको ठुलो आयोजना सम्पन्न गरी पोखरावासीलाई शुद्ध पानी खुवाउन सफल भएका बताए ।
माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष सहित सम्पूर्ण जनप्रतिनिधि, स्थानीयवासीको सहयोग समर्थनमा पोखरामा शुद्ध खानेपानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवले सबैलाई धन्यवाद समेत दिएका थिए ।
आजदेखि दैनिक चार करोड लिटर शुद्ध र सुरक्षित खानेपानी यो ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पठाउने भएकाले पोखरामा अब पानीको समस्या नहुने मन्त्री यादवले दाबी गरे ।
त्यसैगरी कोलपाटन खानेपानी ट्याङ्की पोखरा महानगरपालिका वडा नम्बर १५ मा बन्दै गरेको र केही प्राविधिक समस्याले पोखरा विमानस्थल कार्यालयले रोकेका कारण पुरा नभएको बताउँदै उनले सो समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग छलफल गरी चाडै समाधान गरिने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण