क्रान्तिकारी कम्युनिस्ट पार्टीको दोस्रो दिनको बन्दसत्र जारी
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र सुरु भएको छ ।
शुक्रबारदेखि सुरु भएको बन्दसत्रमा वैद्यले पेस गरेको राजनीतिक दस्ताबेज र राम सिंहले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए । बन्दसत्रमा फरक-फरक प्रस्ताव राख्ने क्रम जारी रहेको छ ।
देशभरबाट करिब साढे पाँच सय प्रतिनिधि सहभागी भएको बन्दसत्रमा वैद्यले पेस गरेको मूल राजनीतिक प्रस्तावसहित १५ वटा फरक प्रस्ताव पेस हुने एक सहभागी नेताले बताए । ती नेताका अनुसार मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालबाट एकता प्रक्रियामा आएका सन्तबहादुर नेपालीले जनयुद्ध, संघीयता, समावेशी लगायत विषयमा असहमति जनाउँदै फरक प्रस्ताव पेस गर्ने भएका छन् ।
ती दुई प्रस्तावबाहेक १५ वटा लेख र १५ वटा फरक प्रस्ताव पेस हुने ती नेताले बताए । साथै खण्डन प्रस्तावसहित बन्दसत्रमा ४३ वटा प्रस्ताव पेस हुन सक्ने बताइएको छ । मङ्सिर २३ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा वैद्यले मार्क्सवादी शास्त्रीय सिद्धान्तको व्याख्या, नेता सीपी गजुरेलले पेस गरेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन, रामसिंहले पेस गरेको सङ्गठनात्मक प्रतिवेदन, नेता नेपालीले पेस गरेको पर्यावरणीय प्रतिवेदनबारे बहस प्रारम्भ भएको छ ।
निवर्तमान केन्द्रीय समिति भङ्ग गरी कमल चौधरीको नेतृत्वमा पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । महाधिवेशनको उद्घाटन बिहीबार भूगोल पार्कमा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन विदा’ दिने प्रस्ताव
-
१० बजे १० समाचार : बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि कांग्रेसमा गुटगत झगडासम्म
-
हमास र फतह युद्धपछिको गाजाको निरीक्षण कसले गर्ने भन्नेबारे सम्झौता नजिक
-
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ : सिंह
-
मंसिर २२ देखि लेखनाथमा आदर्श कप फुटबल हुने
-
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न