कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु, १५ स्थानमा चेकिङ हुने
धरान । कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टाइम कार्ड सुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको गछियामा आयेजित कार्यक्रममा टाइम कार्डको सुरुवात गरिएको हो ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले सो रुट हुँदै चल्ने सवारी साधनलाई टाइम कार्ड हस्तान्तरण गरेर यसको अौपचारिक सुरुवात गरे । विराटनगरबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक अशोक टुडुलाई उक्त कार्ड हस्तान्तरण गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा टाइम कार्ड सुरु गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
प्रदेशका १५ स्थानमा टाइम कार्ड रुजु गर्ने व्यवस्था गरिएको छ । एक ठाउँमा टाइम कार्ड लिएपछि अर्को स्थानसम्म पुग्न कम्तीमा पनि तोकिएको टाइम पूरा हुनुपर्छ । यसबाट गाडीमा ओभरस्पिडबाट सवारी दुर्घटना हुने सम्भावना न्युनीकरण हुने डीआईजी खापुङले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका अध्यक्ष सरोज श्रेष्ठले टाइमकार्ड सुरु भएपछि सवारी साधनले गर्ने उछिन पछिनको अन्त्य हुने बताए । नेपालमा प्रत्येक दिन सडक दुर्घटनामा परेर अौसत ८ जनाको मृत्यु हुने गरेको तथ्यांक छ । गत वर्ष मात्रै २ हजार ८ सय ८० ले सडक दुर्घटनाबाट ज्यान गुमाएका थिए ।
टाइम कार्ड सुरु भएपछि धरानको तिनकुने, काँकडभिट्टा, विराटनगर बसपार्क, विर्तामोड, ताराबारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलंकी चोक, पकली, कोशीकटान र भन्टाबारीमा ट्राफिक प्रहरी अधिकारीले टायमकार्ड चेकजाँच गर्ने गरी क्याडलक तयार गरिएको कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण