लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा आज बुटवलमा बसेको संयन्त्रको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरूको बारेमा ब्रिफिङ गरेका थिए।
उनले एमाले–कांग्रेस संयुक्त सरकारले अघि सारेका कामहरू सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच वर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको बैठकमा जानकारी दिएका छन् । बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संसदीय क्षेत्रमा भएका कामहरूको बारेमा प्रकाश पारेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिए।
उक्त बैठकमा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए ।
प्रदेश संयन्त्रको बैठकले मङ्सिर मसान्तसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू सङ्कलन गर्ने निर्णय गरेको छ । यस्तै मङ्सिर २० गते एमाले–कांग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । भेलामा काङ्ग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।
एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इन्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहेका छन् । यस्तै काङ्ग्रेसबाट संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल मुस्कान रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण