नवलपरासीको पण्डितपुरमा उत्खनन सुरु

नवलपरासी । बुद्धकालीन पुरातात्त्विक तथा ऐतिहासिक स्थल पण्डितपुरको उत्खनन् सुरु गरिएको छ । पश्चिम नवलपरासीको रामग्राम १८ पण्डितपुरमा रहेको बुद्धकालीन पुरातात्त्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको उत्खनन् आजबाट सुरु भएको हो।
बुद्धको मावली दाबी गरिएको उक्त स्थलमा धेरै संरचनाहरू फेला परेको थियो । जियोफिजिक्स सर्भेका क्रममा ३२ बिगाहा क्षेत्रमा जमिनमुनि इँटाका पर्खाल सहितका संरचना फैलिएको पाइएकाले यो वर्षदेखि उत्खनन् सुरु गरिएको पुरातत्त्वविद् भास्कर ज्ञवालीले जानकारी दिए।
उक्त स्थलमा भेटिएका संरचनाको बेलायतमा गरिएको परीक्षणका क्रममा ईसापूर्व छैँठौ शताब्दीका संरचना भएको पुष्टि भएकाले थप महत्त्व बढेर गएको ज्ञवालीले बताए।
पुरातत्त्व विभागको विज्ञ टोलीले तिन हप्ता लगाएर दुई स्थानमा उत्खननको काम गर्ने जनाइएको छ। रामग्राम नगरपालिकाका नगर प्रमुख धनपति यादवले नगरपालिकाले लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग लगायत सङ्घीय सरकार मिलेर थप काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना
-
गर्मी छल्नका लागि उपयुक्त गन्तव्य बन्दै सुनकोसी र्याफ्टिङ (तस्बिरहरू)
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य