नवलपरासीको पण्डितपुरमा उत्खनन सुरु
नवलपरासी । बुद्धकालीन पुरातात्त्विक तथा ऐतिहासिक स्थल पण्डितपुरको उत्खनन् सुरु गरिएको छ । पश्चिम नवलपरासीको रामग्राम १८ पण्डितपुरमा रहेको बुद्धकालीन पुरातात्त्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको उत्खनन् आजबाट सुरु भएको हो।
बुद्धको मावली दाबी गरिएको उक्त स्थलमा धेरै संरचनाहरू फेला परेको थियो । जियोफिजिक्स सर्भेका क्रममा ३२ बिगाहा क्षेत्रमा जमिनमुनि इँटाका पर्खाल सहितका संरचना फैलिएको पाइएकाले यो वर्षदेखि उत्खनन् सुरु गरिएको पुरातत्त्वविद् भास्कर ज्ञवालीले जानकारी दिए।
उक्त स्थलमा भेटिएका संरचनाको बेलायतमा गरिएको परीक्षणका क्रममा ईसापूर्व छैँठौ शताब्दीका संरचना भएको पुष्टि भएकाले थप महत्त्व बढेर गएको ज्ञवालीले बताए।
पुरातत्त्व विभागको विज्ञ टोलीले तिन हप्ता लगाएर दुई स्थानमा उत्खननको काम गर्ने जनाइएको छ। रामग्राम नगरपालिकाका नगर प्रमुख धनपति यादवले नगरपालिकाले लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग लगायत सङ्घीय सरकार मिलेर थप काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण