ग्रामथान उपनिर्वाचन : ६ हजार ८ सय २६ मत खस्यो
आइतबार, १६ मङ्सिर २०८१, ११ : २४
मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनमा ६ हजार ८ सय २६ मत खसेको छ । अहिले ११ : २० बजेसम्ममा उक्त मतदान भएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिए ।
बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । त्यहाँ अध्यक्ष पदका लागि एक स्वतन्त्रसहित १६ जना उम्मेदवार चुनावी दौडमा छन् । ७ वडा रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन् ।
उपनिर्वाचनमा २६ हजार ४४ मतदाताले मतदान गर्दै छन्। २०७९ सालको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा विजयी नेपाली कांग्रेसका जयप्रकाश गच्छदारको गत असारमा निधन भएपछि उक्त स्थानमा उपनिर्वाचन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण