सकियो मतदान, नतिजाको प्रतीक्षा
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्र्तगत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको थियो । निर्धारित समयमा सवै मतदान केन्द्रहरुमा शान्तिपुर्ण ढंगले मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।
उपनिर्वाचनमा समग्रमा ६१ प्रतिशत हाराहारी मतदान भएको आयोगले जनाएको छ । यद्यपी केही स्थानको अपडेट भइरहेकाले केही यकिन तथ्यांक साढे पाँच बजेसम्म सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार मतदान गर्ने समय साँझ ५ बजेसम्म निर्धारण भएकाले सो समयभित्र लाइन भित्र बसेकाले मतदान गर्न पाउने भएपनि त्यसबाहेकले मतदान गर्न पाउने छैनन् ।
आयोगका अनुसार जाजरकोट र काठमाडौँ महानगरपालिका वडानम्बर १६ मा सोचेभन्दा कम मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले केही मतदान केन्द्रमा बढिमा ८५ प्रतिशतसम्म मतदान पनि भएको छ ।
नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भएको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
आयोगले उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकेको थियो । आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने जनाएको छ । आयोगका अनुसार अधिकांश वडाको मतगणना आजै बेलुकाबाट सुरु गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण