मोलुङ –५ मा एमालेले सुरुवाती अग्रता लिएपछि कांग्रेसका उम्मेदवारले छाडे मत गणनास्थल
आइतबार, १६ मङ्सिर २०८१, १९ : ५९
काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । २ सय मतगणना गर्दा जसमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।
त्यस्तै, दोस्रो नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले ३६ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन् ।
मतगणनामा एमालेले अग्रता लिएपछि कांग्रेसका उम्मेदवार र प्रतिनिधि मत गणनास्थल छाडेर हिँडेका छन् ।
कांग्रेसका उम्मेदवार वा प्रतिनिधिलाई मत गणनास्थलमा उपस्थित हुनका लागि माइकिङ समेत गरिएको छ । उपस्थित नभए मतगणना जारी राख्ने आयोगका कर्मचारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण