आइतबार, १३ माघ २०८१
ताजा लोकप्रिय

मोलुङ –५ मा एमालेले सुरुवाती अग्रता लिएपछि कांग्रेसका उम्मेदवारले छाडे मत गणनास्थल

आइतबार, १६ मङ्सिर २०८१, १९ : ५९
आइतबार, १६ मङ्सिर २०८१

काठमाडौँ । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भएको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ । २ सय मतगणना गर्दा जसमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङले १ सय ७ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । 

त्यस्तै, दोस्रो नेपाली कांग्रेसका उम्मेदवार घनश्याम दाहालले ४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले ३६ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले ७ मत प्राप्त गरेका छन् ।

मतगणनामा एमालेले अग्रता लिएपछि कांग्रेसका उम्मेदवार र प्रतिनिधि मत गणनास्थल छाडेर हिँडेका छन् ।

कांग्रेसका उम्मेदवार वा प्रतिनिधिलाई मत गणनास्थलमा उपस्थित हुनका लागि माइकिङ समेत गरिएको छ  । उपस्थित नभए मतगणना जारी राख्ने आयोगका कर्मचारीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप