मोलुङ ५ मा एमाले उम्मेदवार तामाङ निर्वाचित
आइतबार, १६ मङ्सिर २०८१, २१ : ३७
काठमाडाैँ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडानम्बर ५ मा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार गंगाबहादुर तामाङ कांग्रेस उम्मेदवार घनश्याम दाहाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन अधिकृतले औपचारिक घोषणा हुन बाँकी रहेको बताएका छन् ।
वडामा १२ सयभन्दा बढी मतदाता रहेकोमा ७६८ मतमात्र खसेको थियो ।
तामाङले ३९९ मत ल्याउँदा दाहालले १७७ मतमात्र पाएका छन् ।
त्यस्तै रास्वपा उम्मेदवार विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् । त्यहाँ यसअघि २०७९ को निर्वाचनमा कांग्रेसका गोपी कार्की निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण