मैदानमा अचेत भएर ढलेका मिडफिल्डर एडोआर्डो बोभ अझै अचेत अवस्थामा
काठमाडौँ । इटालियन सिरिए फुटबलको आइतबार राति खेलिएको इन्टर मिलानविरुद्धको खेलका क्रममा अचेत भएर मैदानमा ढलेका फियोरेन्टिनाका मिडफिल्डर एडोआर्डो बोभको अवस्था स्थिर रहेको बताइएको छ ।
२२ वर्षीय बोभको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उनी खेलको १६औँ मिनेटमा अचानक अचेत भएर मैदानमा ढलेका थिए । मैदानमै सामान्य उपचारपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।
सोही कारणले फियोरेन्टिना र इन्टर मिलानबिचको खेल पनि रद्द गरिएको थियो । फियोरेन्टिनाद्वारा जरी विज्ञप्तिमा जनाइए अनुसार, मिडफिल्डर बोभ अझै पनि अचेत अवस्थामै छन् । क्लबले आगाम २४ घण्टापछि मात्र थप विवरण उपलब्ध गराउन सकिने जनाएको छ ।
इटालीको यू–२१ राष्ट्रिय टोलीको सदस्यसमेत रहेका बोभ एएस रोमाका खेलाडी हुन् । उनी सन् २०२१ मा रोमामा आबद्ध भएका थिए । उनी यसै वर्ष ऋणमा रोमाबाट फियोरेन्टिनामा आबद्ध भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण