जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबारको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच खेलिँदैछ । कर्णाली याक्स र जनकपुर बोल्ट्सबिचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १३ः१५ बजे सुरु हुनेछ ।
उक्त खेलमा कर्णाली याक्सले टस जिती पहिले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएलमा जनकपुर बोल्ट्सले आफ्नो दोस्रो र कर्णाली याक्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
अनिलकुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो । कर्णाली याक्सको कप्तान भने सोमपाल कामी हुन् ।
कर्णाली याक्सबाट भारतका पूर्वक्रिकेटर शिखर धवन पनि मैदानमा ओर्लँदै छन् । त्यसैले पनि समर्थकहरु यो खेलका लागि निकै उत्साही देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुल्नै सक्दैनन् एचआइभी सङ्क्रमित
-
आर्सनल फेरि दोस्रो स्थानमा फर्कियो
-
अमेरिकी डलरको मूल्य घटयो, कस्तो छ अन्य विदेशी मुद्राको भाउ ?
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म