जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबारको दोस्रो खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच खेलिँदैछ । कर्णाली याक्स र जनकपुर बोल्ट्सबिचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १३ः१५ बजे सुरु हुनेछ ।
उक्त खेलमा कर्णाली याक्सले टस जिती पहिले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएलमा जनकपुर बोल्ट्सले आफ्नो दोस्रो र कर्णाली याक्सले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
अनिलकुमार साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले शनिबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो । कर्णाली याक्सको कप्तान भने सोमपाल कामी हुन् ।
कर्णाली याक्सबाट भारतका पूर्वक्रिकेटर शिखर धवन पनि मैदानमा ओर्लँदै छन् । त्यसैले पनि समर्थकहरु यो खेलका लागि निकै उत्साही देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण