टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघ्यो
सोमबार, १७ मङ्सिर २०८१, १४ : ०७
काठमाडौँ । स–शुल्क टिकट काटेर धरहरा चढ्नेको सङ्ख्या ६ हजार नाघेको छ । एक साताको अवधिमा ६ हजार ९२८ जनाले स–शुल्क टिकट लिएर धरहरा चढेको धरहरा सञ्चालन इकाई कार्यालय प्रमुख महेश राईले जानकारी दिए ।
हाल दैनिक औसत १२०० जनाको सङ्ख्यामा स–शुल्क टिकट लिएर धरहरा चढ्ने गरेको राईको भनाई छ ।
सरकारले मङ्सिर १० गतेदेखि स–शुल्क धरहरा सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार २५० को सङ्ख्यामा चढ्न पाउने व्यवस्था गरेको छ ।
हाललाई अनलाइन टिकट काट्ने व्यवस्था बन्द रहेकाले भौतिक रूपमा उपस्थित भई टिकट लिएर धरहरा चढ्ने व्यवस्था छ । केही दिनमा अनलाइन टिकटको व्यवस्था सञ्चालनमा ल्याउने राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार