गोरखा–५ मा तीन निर्वाचन, तीनै पार्टी निर्वाचित
पोखरा । पहिलो स्थानीय तहको निर्वाचन २०७४ सालमा हुँदा गोरखा नगरपालिका वडा नम्बर ५ मा कांग्रेसका उम्मेदवार सर्वाधिक मत ल्याएर विजयी भए । एमालेकी नानुमाया थापा मगरलाई ९८ मत अन्तरले हराएका रामकुमार थापामगरले ४४१ मत पाएका थिए ।
नानुले भने ३४३ मत पाइन् । तत्कालीन समयमा दबदबा रहेको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले १६९ मत ल्याएर माओवादीलाई हराएन मात्रै आफूभन्दा कमजोर साबित गरिदियो । नेकपा माओवादी केन्द्रले त्योबेला १४१ मत पाएको थियो । राप्रपा ४२ मतमा समेटियो ।
२०७९ मा भएको स्थानीय निर्वाचनमा अघिल्लो कार्यकालमा कांग्रेसले ल्याएको भन्दा बढी मत ल्याएर एमालेले वडाध्यक्ष जित्यो । एमालेका खिलबहादुर राना ४५३ मत सहित विजयी हुँदा दोस्रो बनेको कांग्रेसकी गीता थापामगरले ४२८ मत पाइन् । मत बढाए पनि दुई पार्टीबिच ठूलो मतान्तर बनेन ।
यो चुनावमा बाबुराम भट्टराईको पार्टी कमजोर साबित भयो । माओवादीले पहिलो चुनावभन्दा सुधार गर्दै मतदाता थप्यो । माओवादीकी सावित्री थापाले २७४ मत पाएकी थिइन् ।
माओवादीको सुधार हुनुमा बाबुराम भट्टराई नेतृत्वको पार्टीमा विकर्षण नै बढी थियो । जसका कारण पुराना कार्यकर्तालाई माओवादीले सम्हाल्यो । भट्टराई नेता बनेका जनता समाजवादीले ६७, राप्रपाले २३ र एकीकृत समाजवादीले २ मत २०७९ को निर्वाचनमा पायो ।
वडाध्यक्ष रानाको हृदयाघातका कारण निधन भएपछि गोरखा ५ मा उपनिर्वाचन भयो । आइतबार सम्पन्न निर्वाचनमा लगातार २ निर्वाचन हारेको माओवादीले राम्रो कमब्याक गर्दै अध्यक्ष आफ्नो पक्षमा पार्न सफल भयो ।
माओवादीका विष्णुबहादुर मगरले ४८६ मत सहित अघिल्लो २ पटक हारेको बदला लिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका भाइकाजी आलेले ४०२ मत मात्रै पाए । एमालेले निवर्तमान वडाध्यक्ष खिलबहादुरकी धर्मपत्नी दुर्गामाया थापा रानालाई टिकट दिएको थियो ।
सहानुभूतिको मत पाउने विश्वासका साथ दुर्गालाई उम्मेदवार बनाए पनि अपेक्षाकृत मत बटुल्न सकेन र डिफेण्डिङ एमाले यो निर्वाचनमा तेस्रो बन्यो । दुर्गाले ३४५ मत पाइन् भने रास्वपाका मङ्गलबहादुर थापाले ८२ मत ल्याए ।
राप्रपाले १२, नेपाल समाजवादी पार्टीले १०, मङ्गोल नेशनल अर्गनाइजेसनले ९, राप्रपा नेपालले ५ र नेशनल रिपब्लिक नेपालले ४ मत पायो । पछिल्ला तीन निर्वाचनमा तीनै पटक मत फेरेर गोरखा ५ का मतदाताले नयाँ सन्देश दिएका छन् ।
त्यसको त २०७४ मा ९ वटा पालिका प्रमुख जितेको कांग्रेसलाई २०७९ को निर्वाचनबाट २ वटामै सीमित गरिदिएका छन्, यहाँका मतदाताले । गोरखा नगरपालिकाको मेयरमा माओवादी विजयी भएका थिए भने उपमेयर सहित कांग्रेसको बहुमत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण