उपनिर्वाचनको नतिजाप्रति कांग्रेस : एक्लै लडेर पाएको जितले उत्साह थप्यो
काठमाडौँ । सत्तासाझेदार दल नेपाली कांग्रेसले उपनिर्वाचनमा पहिलो दल बनाउन मत दिएको भन्दै जनतामा आभार प्रकट गरेको छ । पार्टी महामन्त्री समेत रहेका स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति संयोजक विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पार्टीले प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवर्धक सङ्केतका रूपमा लिएको बताएका छन् ।
उनले रिक्त ४४ मध्ये १९ स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको उल्लेख गर्दै भनेका छन्‚ ‘०७९ मा गठबन्धन गरेर चुनाव लड्दा प्राप्त स्थान भन्दा एक्लै लडेर प्राप्त स्थान सङ्ख्यात्मक कम तर राजनैतिक, साङ्गठनिक र गुणात्मक रूपले बढी महत्त्वपूर्ण छ ।’
महामन्त्री शर्माले ०७९ मा विजय पाएको केही स्थान गुमाएको प्रति इङ्गित गर्दै विज्ञप्तिमा लेखका छन्‚ ‘लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने हाम्रो निष्कर्ष छ । हामी यो गर्नेछौँ ।’
यस्तै रास्वपा लगायत अन्य शक्तिप्रति इङ्गित गर्दै विज्ञप्तिमा शर्माले उपनिर्वाचनमा आवेग र उत्तेजनाको राजनीति पनि मैदानमा देखिएको बताए । उनले गलत र भ्रमपूर्ण सूचनाहरूको बलमा मन र मत जित्न सकिने भ्रम आम रूपमा परास्त भएको पनि दाबी गरे ।
‘निराशालाई मतमा बदल्न खोज्ने प्रवृत्तिसँग सजग रहँदै काम मार्फत विश्वास जगाउन र सामाजिक सञ्जाल मार्फतका भ्रमहरू चिर्न पार्टी पङ्क्तिको विशेष सतर्कता र क्रियाशीलता जरुरी देखिएको छ । यो उपनिर्वाचनमा सामाजिक सञ्जाल मार्फत सक्रिय भूमिका निभाउने युवा पङ्क्तिलाई पार्टी सम्मान गर्दछ‚’ उनले लेखका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण