अमेरिकी सहायक विदेशमन्त्री लु यसैसाता नेपाल भ्रमणमा आउँदै
मङ्गलबार, १८ मङ्सिर २०८१, १२ : ३९
काठमाडौँ । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उनी दक्षिण एसियाली मुलुकहरूको भ्रमण गर्दै छन् । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा आउनेछन् । उनको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ ।
नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नेछन् । पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण