त्रिभुवन विश्वविद्यालयद्वारा ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त गरेको छ। उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाडौँ बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरेको हो।
त्रिविका प्रवक्ता यमनसिंह बोहराले उपकुलपति प्राडा केशरजंग बरालले मेरिटाेक्रेसीका आधारमा नियुक्त गरेको बताए। त्रिविले पर्याप्त मेरिटाेक्रेसीका आधार, मार्ककाे आधारमा, डकुमेन्ट र नियम कानुनको अधीनमा रहेर परीक्षा नियन्त्रक सिफारिस समितिको सिफारिसमा परेकाहरू मध्ये नियुक्त गरिएको प्रवक्ता बोहराले बताए।
नेपालगन्ज क्षेत्रीय कार्यालयका लागि डाक्टर लक्ष्मण पोखरेल, पोखराका लागि डाक्टर रामनाथ न्यौपाने, मधेस प्रदेशका लागि रामहित यादव, काठमाडौँका लागि डाक्टर सूर्यनाथ कुलाैनी र डाक्टर दावा शेर्पा, विराटनगरका लागि डाक्टर दिल्लीराम प्रसाईँलाई नियुक्त गरिएको हो।
प्रवक्ता बोहाराले डीन लगायतका अन्य पदमा समेत छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उच्चतम मेरिटाेक्रेसी कायम गर्दै नियुक्त गरिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
-
नेपाल सद्भावना पार्टी बिक्रीमा !
-
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
-
फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
-
प्रतिनिधिसभाको बैठक साेमबारसम्मका लागि स्थगित
-
घरधनी आफैँले हटाउन थाले जडीबुटी-पेप्सीकोला सडकका अवैध संरचना (तस्बिरहरू)