त्रिभुवन विश्वविद्यालयद्वारा ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ६ जना सह-परीक्षा नियन्त्रक नियुक्त गरेको छ। उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाडौँ बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरेको हो।
त्रिविका प्रवक्ता यमनसिंह बोहराले उपकुलपति प्राडा केशरजंग बरालले मेरिटाेक्रेसीका आधारमा नियुक्त गरेको बताए। त्रिविले पर्याप्त मेरिटाेक्रेसीका आधार, मार्ककाे आधारमा, डकुमेन्ट र नियम कानुनको अधीनमा रहेर परीक्षा नियन्त्रक सिफारिस समितिको सिफारिसमा परेकाहरू मध्ये नियुक्त गरिएको प्रवक्ता बोहराले बताए।
नेपालगन्ज क्षेत्रीय कार्यालयका लागि डाक्टर लक्ष्मण पोखरेल, पोखराका लागि डाक्टर रामनाथ न्यौपाने, मधेस प्रदेशका लागि रामहित यादव, काठमाडौँका लागि डाक्टर सूर्यनाथ कुलाैनी र डाक्टर दावा शेर्पा, विराटनगरका लागि डाक्टर दिल्लीराम प्रसाईँलाई नियुक्त गरिएको हो।
प्रवक्ता बोहाराले डीन लगायतका अन्य पदमा समेत छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा उच्चतम मेरिटाेक्रेसी कायम गर्दै नियुक्त गरिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण